झापा, ३१ भदौ २०८३ । झापाको मेचीनगरमा जंगली हात्ती मृत फेला परेको छ । मेचीनगर नगरपालिका-३ बाहुनडाँगीको पहलेधापस्थित धान खेतमा आज बिहान ६:३० मा एउटा भाले हात्ती मृत फेला परेको हो ।
हात्तीको मृत्युको कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी टोली र वन कार्यालयको टोली पुगिसकेको काँकडभिट्टा प्रहरीले जनाएको छ ।






