काठमाडौं, २६ भदौ २०८३ । भोटेकोसी बाढीले १८ हजार हेक्टर कृषियोग्य जमिन बगाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षतिको उक्त विवरण सार्वजनिक गरेको हो । बाढीले १७ बैंकका शाखामा क्षति पुर्याएको छ ।
यस्तै, ४८ सय व्यावसायिक प्रतिष्ठानमा क्षति पुगेको प्राधिकरणले जनाउको छ । बाढीले कृषि उब्जनी भइरहेका जमिन बगाउँदा प्रभावित क्षेत्रमा ९७.२२ प्रतिशत पीडितको जीविकोपार्जनमा समस्या पर्ने प्राधिकरणले जनाएको छ ।






