काठमाडौँ, २६ भदौ २०८३ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज साँझ ५ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा रु नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ जम्मा भएको हो।
त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा रु दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको छ।
राहत कोषबाट भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिएको थियो।






