काठमाडौं, २६ भदौ २०८३ । रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ ।
एक मन्त्रीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मन्त्रिपरिषद् बैठकले बाढीबाट विस्थापितहरूलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
‘अस्थायी आवासमा बस्न नचाहनेहरू हुनुहुन्छ, उहाँहरूलाई प्रतिपरिवार १५ हजार उपलब्ध गराउने निर्णय भएको छ,’ ती मन्त्रीले भने ।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार बाढीबाट मृत्यु हुनेहरूको संख्या हालसम्म एक हजार ३८५ पुगेको छ ।
यस्तै, सम्पर्कविहीनको संख्या ५ हजार १३० रहेको छ ।
३७ वटा होल्डिङ सेन्टरमा विस्थापितहरूलाई राखिएको छ । नुवाकोटमा २ हजार ६१५, रसुवामा ७७५ र धादिङमा २९५ जना होल्डिङ सेन्टरमा छन् ।






