झापा, २६ भदौ २०८३ । करेन्ट लागेर बीएण्डसी मेडिकल कलेजका एकजना कामदारको मृत्यु भएको छ । हिजो दिउँसो ३ः३० बजे मेचीनगर-१२ धाइजन चोकस्थित बीएण्डसी मेडिकल कलेज चारआलीमा काम गर्ने कामदार बारा करैयामाई गाउँपालिका-८ बस्ने २५ वर्षीय संजय चौधरीको मृत्यु भएको हो । कलेजबाट बिजुलीको लाइन तानेर सोही कलेज छेउमा रहेको झिलिमिले नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।
घाइते चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा साँझ ६ः३० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बीएण्डसी अस्पतालका प्रहरीले इलाका प्रहरी कार्यालय धुलाबारीमा घटनाबारे जानकारी गराउनासाथ प्रहरी चौकी चारआलीबाट प्रहरी नायव निरीक्षक किरण राईको कमाण्डमा टोली खटिएर थप बुझ्ने कार्य भइरहेको जनाइएको छ ।






