Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

काठमाडौं, २६ भदौ २०८३ । भदौ १० गते रसुवास्थित भोटेकोशीमा एक्कासि आएको भिषण बाढीमा परेका ८२ सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन् । बाढी गएको दुई हप्ता बित्दा पनि ८२ सुरक्षाकर्मीको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

बाढीमा परेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८२ सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन् । सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ४५ सैनिक अझै सम्पर्कविहीन छन् । नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू समेत उनीहरूको खोजी रहेका छन् ।

त्यस्तै नेपाल प्रहरीका पनि २५ जना अझै सम्पर्कविहीन छन् । रसुवागढी चौकी, इलाका प्रहरी कार्यालय टिमुरे, स्याप्रुबेंसी, हाकु चौकी, मैलुङमा कार्यरत २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् ।

नेपाल प्रहरीका २८ जना बेपत्ता भएकोमा ३ जनाको भने शव भेटिएको थियो । अब २५ जना अझै सम्पर्कविहीन छन् ।

सशस्त्र प्रहरीका पनि १२ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको पनि खोजी जारी छ । सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन भएकोमा एक जनाको भने शव भेटिएको थियो । अब १२ जना सम्पर्कविहीन छन् ।

सम्पर्कविहीन भएकाहरूको खोजी जारी राखेर उनीहरूको आफन्तले डीएनए जाँचका लागि रगत समेत दिन थालेका छन् । अहिलेसम्म सम्पर्कमा नआएपछि उनीहरूका आफन्तले शव पहिचानका लागि भन्दै डीएनए जाँचका लागि रगत दिन सुरु गरेको प्रहरीले बताएको छ ।

सुरक्षाकर्मीजस्तै ५ हजार १३० जना अझै सम्पर्कविहीन छन् । अहिलेसम्म १ हजार ३८५ वटा शव फेला परेको छ ।

 

तपाईको प्रतिक्रिया