झापा, २४ भदौ २०८३ । अनलाइन सट्टावाजीको आरोपमा झापाको बिर्तामोडबाट तीनजना पक्राउ परेका छन् । आज बिहान ९:३० बजेतिर बिर्तामोड-४ स्थित बृक्ष क्याफेबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्ने युवाहरुको परिचय खुलाइएको छैन । उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । पक्राउ परेका युवाहरुको बारेमा अनुसन्धान भइरहेको र अनुसन्धानपछि प्रेस विज्ञप्ति जारी गरिने जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले बताए ।
बिर्तामोडमा गैरकानुनी रुपमा अनलाइन जुवा खेलाउनेहरुको संख्या बढ्दै गएको छ । तीन महिनाअघि पनि बिर्तामोडमा अनलाइन सट्टाबाजीको आरोपमा दुईजना युवक पक्राउ परेका थिए ।






