काठमाडौँ, २४ भदौ २०८३ । स्वास्थ्य बीमा बोर्डले बीमा नवीकरण सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउनका लागि परिवारका सबै सदस्यको ग्राहक पहिचान अद्यावधिक अनिवार्य गरेको छ।
बोर्डले आज बुधबार सूचना जारी गर्दै विगतमा प्रयोग हुँदै आएका कनेक्ट आइपीएस, इसेवा, खल्ती लगायतका विद्युतीय माध्यमबाट सोझै स्वास्थ्य बीमा नवीकरण गर्ने व्यवस्था बन्द गरिएको छ।
अब सम्पूर्ण बीमितहरूले अनिवार्य रूपमा बोर्डको आधिकारिक एचआइबी इपोर्टलमार्फत आफ्नो पुरानो बीमा विवरण सिङ्क गरी परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक गर्नुपर्नेछ।






