झापा, १७ भदौ २०८३ । महाविपत्तिमा परेका रसुवा भोटेकोशीका बाढीपीडितहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग प्राप्त भइरहँदा झापाका केही पालिकाहरुले भने सहयोग गर्न कन्जुस्याइँ गरेका छन् ।
जिल्लाका १५ वटा पालिकामध्ये केही पालिकाले खुलेर सहयोग गरेका छन् भने केहीले अझै सहयोगको घोषणासमेत गर्न सकेका छैनन् । कम बजेट भएका बुद्धशान्ति ,कचनकवल , झापा गाउँपालिकाजस्ता पालिकाहरुले खुलेर सहयोग गरिरहँदा कन्काई नगरपालिका, गौरादह नगरपालिका, गौरीगंज गाउँपालिका , कमल गाउँपालिका र हल्दिवारी गाउँपालिकाले सामान्य सहयोगको समेत घोषणा गर्न नसकेका हुन् ।
सहयोगको अग्रपंक्तिमा बुद्धशान्ति गाउँपालिका रहेको छ । सो पालिकाले ३२ लाख ५५ हजार १७४ रुपैयाँ सहयोग गरेको छ । त्यस्तै दमक नगरपालिका , कचनकवल गाउँपालिका , झापा गाउँपालिका ,अर्जुनधारा नगरपालिका ,भद्रपुर नगरपालिकाले गरेको सहयोग प्रशंसनीय रहेको छ ।
सहयोगको विवरणः–
१. बुद्धशान्ति गाउँपालिका–३२ लाख ५५ हजार १७४
२. दमक नगरपालिका –३१ लाख
३. कचनकवल गाउँपालिका– २९ लाख ६ हजार १००
४. झापा गाउँपालिका– २५ लाख २८ हजार २८८
५. अर्जुनधारा नगरपालिका– २१ लाख
६. भद्रपुर नगरपालिका– ११ लाख
७.मेचीनगर नगरपालिका– जनप्रतिनिधि र कर्मचारीले व्यक्तिगत सहयोग गर्ने (रकम यकिन छैन)
८.शिवसताक्षी नगरपालिका– कर्मचारीहरुबाट करिव ८ लाख , नगरपालिकाबाट निर्णय हुन बाँकी
९.बिर्तामोड नगरपालिका– ५ लाख
१०.बाह्रदशी गाउँपालिका– गाउँपालिका विपद् व्यवस्थापन कोषबाट १ लाख, जनप्रतिनिधि र कर्मचारीबाट व्यक्तिगत
११.कन्काई नगरपालिका– निर्णय गर्न बाँकी
१२.गौरादह नगरपालिका– निर्णय गर्न बाँकी
१३.गौरीगंज गाउँपालिका– निर्णय गर्न बाँकी
१४.कमल गाउँपालिका– निर्णय गर्न बाँकी
१५.हल्दिवारी गाउँपालिका– निर्णय गर्न बाँकी






