Online Bichar
शनिबार, भाद्र १३, २०८३ | Saturday, August 29, 2026

काठमाडौं, १२ भदौ २०८३ । बुधबार सीमावर्ती क्षेत्र केरुङ र नेपालतर्फ आएको विनाशकारी बाढी तथा पहिरोको प्ररम्भिक अध्ययनबारे चीनले प्रतिक्रिया दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा यसबारे प्रतिक्रिया दिएका हुन् । उनले विनाशकारी बाढी तथा पहिरोको मुख्य कारण नेपालतर्फको उच्च हिमाली भेगमा रहेको हिमनदी भत्किनु रहेको प्रारम्भिक अध्ययनले देखाएको बताए ।

पत्रकार सम्मेलनमा लिनले दुवै देशका विज्ञ तथा सम्बन्धित आधिकारिक निकायहरूको प्रारम्भिक अध्ययनले यही संकेत गरेको जानकारी दिए ।

लिनले भने, “चीन र नेपालका विज्ञ तथा आधिकारिक संस्थाहरूले विपद्को कारणबारे प्रारम्भिक मूल्यांकन गरेको हामीले ध्यान दिएका छौँ । उहाँहरूको विश्लेषणअनुसार, नेपालतर्फको उच्च उचाइमा रहेको हिमनदी खसेका कारण यो विनाशकारी विपद् सुरु भएको हुन सक्छ ।”

तपाईको प्रतिक्रिया