Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

काठमाडौं, ७ भदौ २०८३ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले नेपालका पुरातात्त्विक तथा सांस्कृतिक सामग्रीको आयातमा कडा प्रतिबन्ध लगाउने अन्तिम नियम जारी गरेको छ । सन् २०२६ अगस्ट १२ देखि २०३१ जनवरी ८ सम्म लागु हुने यो व्यवस्था म्याद थप नभएसम्म कायम रहनेछ ।

योसँगै अब नेपालबाट कानुनसम्मत रूपमा निकासी भएको र यहाँको निर्यातसम्बन्धी कानुन उल्लंघन नभएको आधिकारिक प्रमाणपत्रबिना त्यस्ता सामग्री अमेरिकामा आयात गर्न नपाइने जनाइएको छ ।

यो प्रतिबन्धअन्तर्गत इसापूर्व ३२ हजारदेखि सन् १७७० सम्मका ढुंगा, माटो, धातु, प्लास्टर, चित्रकला, हात्तीको दाँत तथा हड्डी, काँच, छाला, भोजपत्र, काठ, सिपी, मानव अवशेषलगायत पुरातात्त्विक सामग्री समेटिएको छ ।

१३औँ शताब्दीदेखि सन् १९५० सम्मका धार्मिक वास्तुकलाका सामान, धार्मिक तथा सांस्कृतिक सामग्री र हस्तलिखित ग्रन्थ समेत यो प्रतिबन्धको दायरामा राखिएको छ ।

तपाईको प्रतिक्रिया