Online Bichar
आइतबार, साउन ०३, २०८३ | Sunday, July 19, 2026

काठमाडौं, २ साउन २०८३ । कपिलवस्तुमा एउटा कारले चार सवारीसाधनलाई ठक्कर दिँदा ११ जना घाइते भएका छन् । शनिबार (साउन २) शिवराज नगरपालिका–५, सशस्त्र चेकपोस्टनजिक पूर्वपश्चिम राजमार्गमा कारले चार सवारीसाधनलाई ठक्कर दिएको हो ।

बा१४च ९००० नम्बरको कारले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको साइकललाई सुरुमा ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भई कारले लु.प्र.०१–००१ ह ४००५ नम्बरको ई–रिक्सा, लु१ह १९३ नम्बरको अटो र ना५१प ६९९३ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये केही यात्रीको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको छ । ६ जनालाई थप उपचारका निम्ति बुटवलस्थित चौराहा अस्पताल ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घाइते हुनेमा नौजना कपिलवस्तुका विभिन्न स्थानका छन् । दुईजना बाँकेको नेपालगन्जका स्थानीय छन् ।

उक्त कार, साइकल, ई–रिक्सा, मोटरसाइकल र कारका चालक नेपालगन्ज उपमहानगरपालिका–१ का ६६ वर्षीय सुनिलकुमार क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

तपाईको प्रतिक्रिया