Online Bichar
शनिबार, साउन ०२, २०८३ | Saturday, July 18, 2026

झापा, १ साउन २०८३ । ठूलो मात्रामा लागूऔषधसहित एक भारतीय नागरिक बिर्तामोडमा पक्राउ परेका छन् । आज साँझ ५ बजे बिर्तामोड नगरपालिका वडा नं. ५ मा रहेको देउराली होटलको कोठा न. ४०४ मा लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।

टोलीले उक्त होटलको कोठामा बसिरहेका भारत पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला खोरीबारी ग्रामथान पंचायत बस्ने ३४ वर्षीय कमल बर्मनलाई चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित ३३ ग्राम ५७० मिलिग्राम र प्लास्टिकबाहेक ३१ ग्राम १७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उक्त लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया