Online Bichar
शनिबार, साउन ०२, २०८३ | Saturday, July 18, 2026

झापा, १ साउन २०८३ । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल क्षेत्रमा लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले शुक्रबार दिउँसो करिब १२:३० बजे भारतको पानीट्यांकीबाट नेपालतर्फ भाडाको सिटी सफारीमा आउँदै गरेका मेचीनगर–६ निवासी ४५ वर्षीय अवित राईलाई शंकाका आधारमा जाँच गरेको थियो।

प्रहरीका अनुसार राईको साथमा रहेको पहेंलो प्लास्टिकको पोकाभित्र ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको थियो। नापतौल गर्दा उक्त पदार्थ प्लास्टिकसहित ४ ग्राम १२० मिलिग्राम र प्लास्टिकबाहेक ३ ग्राम ११० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

लागूऔषधसहित पक्राउ परेका राईमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया