Online Bichar
मंगलबार, आषाढ ३०, २०८३ | Tuesday, July 14, 2026

झापा, २९ असार २०८३ । सशस्त्र प्रहरीले मेचीनगरको जोरसिमलमा लाखौको स्टेशनरी सामानसहित एउटा पिकअप नियन्त्रणमा लिएको छ । गएराति ९ः४० बजे मेचीनगर ७ जोरसिमलमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. काँकडभिट्टाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्णबहादुर डाँगीको कमाण्डमा खटिएको ९ जनाको चेकप्वाईन्ट टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा प्रदेश नं.१–०१–००११ च ९८४२ नं. को पिकअपमा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ड्युटीलाई देखेर पिकअप छाडी चालक फरार भएका थिए ।

पिकअपमा अन्दाजी मूल्य ३ लाख मूल्यको स्टेशनरी सामान र पिकअपको अन्दाजी मूल्य ५ लाख गरी जम्मा ८ लाख बराबरको गाडी र सामान नियन्त्रणमा लिई मेची भन्सार कार्यालय काँकरभिट्टाको गोदाममा राखिएको सशस्त्र प्रहरी बल, नेपाल नं।२ गण हे।क्वा। झापाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया