Online Bichar
सोमबार, आषाढ २९, २०८३ | Monday, July 13, 2026

झापा, २८ असार २०८३ । सशस्त्र प्रहरी बल,नेपाल इन्टेलिजेन्स ब्युरोले सक्रियता देखाउँदै विराटनगरमा हतियारसहित एकजनालाई पक्राउ गरेको छ । आज बिहान ५ः५० बजे सशस्त्र प्रहरी बल,नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा बिराटनगर–१४,जतुवास्थित मुन्ना सहनीको घरमा डेरा गरी बस्ने ३१ वर्षीय सुबास भनिने सुबासचन्द्र यादबलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक गणेश खत्री नेतृत्वको ९ जनाको टोली हतियारसहित पक्राउ गरेको हो । उनको साथबाट कटुवा पेस्तोल थान–१ , सो को गोली एक राउन्ड ,प्रतिबन्धित गाँजा जस्तो देखिने धुलो,घरेलु हतियार भाला थान–१ ,मोबाइल फोन सेट थान–२ ,पर्स र मोटरसाइकलको चाबी ,नागरिकता र अन्य डकुमेन्टहरु बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोमा सशस्त्र प्रहरी नायव महानिरीक्षक९डीआइजी०दिपेन्द्र शाह हाजिर भएपछि परिणाममुखी काम गर्न थालेको छ । पछिल्लो समयमा गृहमन्त्री सुधन गुरुङको कडा निर्देशनपछि सीमामा सशस्त्र प्रहरी बल,नेपाल इन्टेलिजेन्स ब्युरो सक्रिय भएर लागेको हो । यसभन्दा अगाडि ब्युरोमा एसएसपीको कमान्ड रहेको थियो । ब्युरोमा डीआइजीको दरबन्दीपछि अबैध लागूऔषध र साना हतियारमा निर्मम भएर नियन्त्रण गरिछाड्ने आदेश सर्कुलर भएको एकजना अधिकारीले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया