चन्द्रपुर (रौतहट), १४ असार २०८३ । रौतहटको वाग्मती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो वाग्मती नदीमा नुहाउन गएका गढीमाई नगरपालिका–१, समनपुर हरैयाका भन्टु राय यादवको आठ वर्षीय छोरा अनिकेश र सोही गाउँका सुरेश यादवका आठ वर्षीय छोरा आदित्यको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए । दुवै बालक नुहाउनका लागि गाउँ नजिकैको वाग्मती नदीमा गएका थिए ।
नुहाउने क्रममा बालक हराएको खबर पाएपछि इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक मुना पासवानको नेतृत्वको प्रहरी टोलीले खोजीकार्य गरेको प्रनाउ गौतमले जानकारी दिए । रासस






