Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

झापा, १४ असार २०८३। झापाको बिर्तामोड नगरपालिका–५ स्थित हनुमान कम्प्लेक्स क्षेत्रमा १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार शनिबार (हिँजो) राति करिब ९ बजे १८ वर्षीया युवतीलाई ३६ वर्षीय बिगेन्द्र शेर्पाले जबरजस्ती करणी गरी फरार भएका थिए । घटनापछि पीडितले राति करिब ११ बजे इलाका प्रहरी कार्यालय अनारमनीमा पुगेर मौखिक जानकारी गराएकी थिइन्।

प्रहरीले पीडितलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ। त्यसपछि आईतबार (आज) बिहान करिब ३ बजे उनलाई बिर्तामोड–५ स्थित क्षितिज महिला समाज पुनःस्थापना केन्द्रमा सुरक्षित रूपमा राखिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा इलामको पशुपतिनगर नगरपालिका–२ घर भई हाल बिर्तामोड–५ सुब्बाचोकमा दिदी–भिनाजुको घरमा बस्दै आएका शेर्पालाई आईतबार(आज) बिहान १०स्४५ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया