टोकियो, ६ असार २०८३ । जापान सरकारले जुलाईदेखि विदेशीका निम्ति एकल–प्रवेश भिसा शुल्क तीन हजार येनबाट पाँच गुणा बढाएर १५ हजार (लगभग ९० अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ ।
मुद्रास्फीति र येनको अवमूल्यनका बीचमा सन् १९७८ पछि पहिलोपटक वृद्धि भएको उक्त निर्णयको घोषणा विदेशमन्त्री मोटेगी तोशिमित्सुले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गरेका हुन् ।
यस्तै, बहु–प्रवेश भिसाको जारी शुल्क ६ हजारबाट बढाएर ३० हजार येन हुनेछ । “हामी यो कदमले आन्तरिक पर्यटनमा तत्काल प्रभाव पार्ने अपेक्षा गर्दैनौँ,” मोटेगीले भने । रासस/सिन्ह्वा






