Online Bichar
शुक्रबार, आषाढ ०५, २०८३ | Friday, June 19, 2026

काठमाडौं, ५ असार २०८३ । राष्ट्रिय परीक्षा बोर्डले दुई परीक्षार्थीलाई एक वर्षसम्मका निम्ति प्रतिबन्ध गरेको छ । ती दुई परीक्षार्थीले आउँदो एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने भएका हुन् ।

२२७४४३०१ र ३५५०००७६ क्रमांक भएका परीक्षार्थीलाई कारबाही गरिएको बोर्डले जनाएको छ ।

“निम्न क्रमांक भएका परीक्षार्थीहरूको चालु खण्ड परीक्षाका सम्पूर्ण विषय रद्द गरिनुका साथै थप एक वर्ष बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने कारबाही गरिएको छ,” बोर्डले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसै दिन बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिक गर्ने क्रममा उक्त कारबाहीबारे जानकारी गराइएको हो ।

तपाईको प्रतिक्रिया