Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

काठमाडौं, २८ जेठ २०८३ । ओमानको तटनजिकै भएको अमेरिकी सैन्य कारबाहीपछि बेपत्ता तीन भारतीय चालक दलका सदस्यको मृत्यु भएको पुष्टि भएको छ ।

भारतका बन्दरगाह, जहाजरानी तथा जलमार्गमन्त्री सर्वानन्द सोनोवालले बिहीबार दिएको जानकारीअनुसार, पलाउको झण्डा बोकेको तेल ट्यांकर ‘एमटी सेटेबेलो’माथि भएको आक्रमणपछि बेपत्ता भएका तीनै भारतीय चालक दलका सदस्यहरुको शव फेला परेको छ । उनीहरूको पहिचानसमेत भइसकेको मन्त्री सोनोवालले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सोनोवालले मृतकका परिवारलाई आवश्यक सम्पूर्ण सहयोग प्रदान गरिने तथा सरकारले यस घटनालाई संवेदनशीलताका साथ हेरिरहेको बताएका छन् ।

विगत तीन दिनभित्र भारतीय चालक दलका सदस्यहरू सवार जहाजमाथि यस प्रकारको आक्रमण भएको यो तेस्रो घटना हो । एनडीटीभी

तपाईको प्रतिक्रिया