Online Bichar
मंगलबार, जेठ २६, २०८३ | Tuesday, June 9, 2026

काठमाडौं, २५ जेठ २०८३ । प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १५ मिनेटका निम्ति स्थगन गरिएको छ । विपक्षी दलका सांसदले अवरोध गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक १५ मिनेटलाई स्थगन गरेका हुन् ।

‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै विपक्षीले विरोध गरेका थिए । प्रधानमन्त्री नै सदनमा आएर त्यसबारे जवाफ दिनुपर्ने उनीहरूको माग छ ।

सोमबारै यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बसेको थियो । त्यहाँ लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने र आवश्यक परे आफूले पनि बोल्ने बताएका थिए । तर, उक्त प्रस्तावमा विपक्षी सहमत भएनन् ।

तपाईको प्रतिक्रिया