Online Bichar
सोमबार, जेठ २५, २०८३ | Monday, June 8, 2026

काठमाडौं, २४ जेठ २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् । बैठक जेठ २५ गते बिहान ९ बजे बस्नेछ ।

समसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्षरसभापतिसहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ । त्यसअघि सभापति लामिछानेले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री बालेन शाहसँग पनि कुराकानी गरेको स्रोतले जानकारी दियो ।

तपाईको प्रतिक्रिया