Online Bichar
शुक्रबार, जेठ २२, २०८३ | Friday, June 5, 2026

झापा, २१ जेठ २०८३ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित काली मन्दिर नजिकको हिले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।

बिहिबार (आज) दिउँसो करिब २ः१० बजे स्थानीय ४४ वर्षीय सागर भनिने डम्बर हस्दा आफ्नै घरबाट बिजुलीको तार लगेर खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बुट्टाबारी तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक प्रबिण श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया