Online Bichar
बिहिबार, आषाढ ३२, २०८३ | Thursday, July 16, 2026

झापा, २१ जेठ २०८३ । झापाको भद्रपुर नगरपालिका–५ नयाँबजार क्षेत्रमा लागूऔषध ब्राउन सुगरसहित एक युवती पक्राउ परेकी छन्।

बिहिबार(आज)दिउँसो करिब ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी बिर्तामोड नगरपालिका–३ बिर्ताबजार बस्ने अन्दाजी २२ वर्षीया पुष्पा परियारलाई शंकाका आधारमा नियन्त्रणमा लिई जाँच गरेको थियो।

प्रहरीका अनुसार जाँचका क्रममा परियारले पेटमा प्लास्टिकको पोकोमा लुकाइछिपाइ राखेको ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ फेला परेको हो। बरामद पदार्थको तौल प्लास्टिकबाहेक २ ग्राम २०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकी परियारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया