काठमाडौं, १२ साउन २०८३ । जिल्ला प्रशासन कार्यालय सुनसरीले महेन्द्र राजमार्ग र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
मंगलबार अपराह्न साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश आदेश जारी भएको हो ।
सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्गको चार किल्ला तथा इनरुवा बजार क्षेत्र सीमानाभित्र कसैले आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको हो ।
पूर्व पकली चोकसम्म, पश्चिम कोसी व्यारेजको पुल, उत्तर र दक्षिण महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म यस्तो आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जनाएका छन् ।






