Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

काठमाडौं, २१ जेठ २०८३ । राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेका धवलशमशेर राणाले दुर्गा प्रसाईंसँग मिलेर अघि बढ्ने बताएका छन् ।

पार्टी परित्याग घोषणा गर्न काठमाडौंमा आयोजित कार्यक्रममा उनले विभिन्न राजावादी हिन्दुवादी, संघसंस्था सबैसँग मिलेर अघि बढ्ने बताए ।

“प्रसाईंको अभियानसँग धेरै कुरा अगाडि बढाइसकेका छौँ,ू उनले भने, ूविभिन्न राजावादी, हिन्दुवादी संघसंस्था, पार्टी, व्यक्ति सबैलाई समेट्ने गरी ठूलो छाती राखेर हामी अगाडि छौँ ।”

सानो हृदय राखेर, सानो छाती राखेर हैन सबैलाई समेटेर अघि बढ्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया