Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

कञ्चनपुर, २१ फागुन । नेपाली सेनाका जवानहरूले भकाभक आत्म हत्या गर्न थालेका छन। धनकुटामा एक जवानले आफैलाई सुट गरेर आत्म हत्या गरेको केही दिन वित्न नपाउदैं कञ्चनपुरस्थित २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् ।
ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताए । “आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौँ” उनले भने । के कारण आत्महत्या गरेको भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा रहेको बताइएको छ ।
सेनाका जवानहरूमा परिवारलाई पाल्नेसमेत सेवा सुविधा नभए पछि पारिवारिक तनावले आत्म हत्या गर्न थालेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments