Online Bichar
बुधबार, जेठ २०, २०८३ | Wednesday, June 3, 2026

काठमाडौं, २० जेठ २०८३ । सेयर बजारमा सामान्य अंकको वृद्धि देखिएको छ । बुधबार बजार २.६६ अंक बढेको हो । यससँगै बजार २७८०.२५ विन्दुमा उक्लिएको छ । यसदिन १४९ कम्पनीको सेयर मूल्य बढेको छ । ११६ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

बजारसँगै कारोबार रकममा वृद्धि देखिएको छ । पाँच अर्ब ७३ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । एक करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर ६२ हजार १४८ पटकमा खरिद बिक्री भयो ।

कालिन्चोक हाइड्रो, एसबीएल डिबेन्चर, विजय लघुवित्त, सयपत्री हाइड्रो, नेपाल इन्स्यारेन्सलगायत कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।

समूहगत सूचकतर्फ बैंकिङ, फाइनान्स, हाइड्रो पावर, इन्भेष्टमेन्ट र अन्य सूचक रातो देखिए । बाँकी समूहको सूचक बढेको छ ।

 

तपाईको प्रतिक्रिया