Online Bichar
मंगलबार, जेठ १९, २०८३ | Tuesday, June 2, 2026

काठमाडौं, १८ जेठ २०८३ । प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ ।

सोमबार बसेको दोश्रो बैठकमा पनि नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो ।

दोश्रो बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुख डोल प्रसाद अर्यालले कानून निर्माण गर्ने महत्त्वपूर्ण थलोमा रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे ।

उनले आजका लागि तय भएको सबै कार्यसूची हटाइएको घोषणा गरे, त्यस लगत्तै संसद् बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन समिति गठन भएको जानकारी गराए र, बैठक स्थगित भएको जानकारी गराए ।

तपाईको प्रतिक्रिया