काठमाडौं, १७ जेठ २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोलि जेठ १८ गते भारत भ्रमणमा जाँदैछन् । भाजपाका अध्यक्ष नीतिन नवीनको औपचारिक निमन्त्रणामा लामिछाने तीन दिने भारत भ्रमणमा जान लागेका हुन् ।
जेठ १८ गते नयाँ दिल्ली प्रस्थान गर्ने लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
रास्वपा स्रोतका अनुसार, लामिछानेको भ्रमण टोलीमा लामिछाने पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा छन् ।
लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् । भारतीय विदेशमन्त्री एस जयशंकरलगायत अन्य मन्त्रीहरूसँग समेत भेटवार्ता गर्नेछन् ।
जेठ १९ गते भाजपा मुख्यालयमा हुने कार्यक्रममा भाजपा अध्यक्ष नीतिन नवीनले लामिछानेलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ।
स्रोतका अनुसार, प्रधानमन्त्री वालेन्द्र शाह र लामिछानेबीच भ्रमणका विषयमा निरन्तर संवाद भइरहेको छ । प्रतिनिधिमण्डल जेठ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।






