काठमाडौं, १७ जेठ २०८३ । प्रधानमन्त्री बालेन्द्र शाहले ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोज्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसद आरेन राईले राखेको प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् । “३५ वर्षमा नभएको चीज ३५ मिनेटमा नखोजौँ । त्यसलाई अलिअलि केही समय लाग्छ।”
प्रधानमन्त्रीले डुबानमा परेका स्वास्थ्य समस्यामा रहेकाहरूलाई सरकारले अन्यत्र व्यवस्था गरेको बताए । ुुसहीमा सुकुम्वासी हुनुहुन्छ भने सरकारले व्यवस्थापन गर्नुपर्छ। विगतमा बाढी आउँदा डुबानमा परेका र स्वास्थ्य समस्यामा परेकाहरूको ज्यान जोखिममा थियो,ुु प्रधानमन्त्री शाहले भने ।
सुकुम्वासी समस्या समाधानका लागि भूमि सम्बन्धी समिति बनेको जानकारी पनि प्रधानमन्त्रीले गराएका छन् ।






