Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

काठमाडौं, १७ जेठ २०८३ । नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख ११ हजार १०० रुपैयाँ कायम छ । शुक्रबार ९जेठ १५० छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया