Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

काठमाडौं, १२ जेठ २०८३ । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साधरण तारिखमा छाड्न आदेश दिएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई छोड्न आदेश दिएको हो ।

मंगलबार पर्सा अदालतबाट भएको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएको पर्सा अदालतका तहशिलदार देवराज भट्टराईले जानकारी दिए । ‘‘दुर्गा प्रसाईंलाई साधारण तारिखमा छाड्न आज इजलासबाट आदेश भएको छ,’’ भट्टराईले भने ।

जिल्ला प्रहरी कार्यालयबाट प्रसाईं आजै छुटिसकेका छन् । प्रसाईंविरुद्ध साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दायर भएको थियो । यसअघि, सर्वोच्च अदालतले अदालतबाट थपिएको म्यादभित्रै मुद्दा चल्ने वा नचल्ने निर्णय गर्न आदेश दिएको थियो ।

प्रसाईंलाई यही जेठ ७ गतेबाट दोस्रोपटक लागु हुनेगरी पर्सा जिल्ला अदालतले चार दिन थुना म्याद थप गरेको थियो । जेठ ४ गते वीरगञ्जस्थित दियालो होटेलबाट उनी पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया