काठमाडौं, १० जेठ २०८३ । प्रतिनिधिसभाका विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकले छलफल गरेका छन् । आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलाको कार्यालयमा छलफल गरिएको हो ।
कांग्रेसकी बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीबीच प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्लाई गरेको उपेक्षा, विपक्षीको विरोधलगायत विषयमा छलफल भएको हो ।
महरले संसदीय मूल्यमान्यताविपरीत विपक्षीहरूको आवाजलाई दबाएर, पेलेर अगाडि बढ्ने सरकारको दुस्साहस, गैरलोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाका बारेमा ‘गम्भीर’ छलफल भएको बताए ।
संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका निम्ति विपक्षीबीचको छलफल र सहकार्यलाई आउँदा दिनमा पनि निरन्तरता दिनेबारे सहमति भएको उनले बताए ।






