Online Bichar
शनिबार, जेठ ०९, २०८३ | Saturday, May 23, 2026

झापा, ८ जेठ २०८३ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईखोलाको किनारबाट बेवारिसे अवस्थामा अवैध काठ फेला परेको छ ।

आज बिहान करिब ५ः३० बजेको समयमा अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोलीले सखुवा जातको चिरान काठ २८ वटा फेन्टा बरामद गरेको हो ।

प्रहरीका अनुसार अन्दाजी ३० क्यूबिक फिट परिमाण रहेको उक्त काठको मूल्य करिब ८० हजार रुपैयाँ बराबर रहेको छ ।

बेवारिसे अवस्थामा फेला परेको काठ आवश्यक कारबाहीका लागि गैडे सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया