Online Bichar
बिहिबार, जेठ ०७, २०८३ | Thursday, May 21, 2026

काठमाडौं, ७ जेठ २०८३ । बिहीबार प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही अघि बढाएपछि विपक्षी वेलमा पुगेका हुन् । उनीहरूले नाराबाजी गरिरहेका छन् ।

यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा जवाफ दिनुपर्ने भन्दै विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

बैठक स्थगित गरेपछि अर्याल प्रधानमन्त्री शाहलाई भेट्न पुगेका थिए ।

सभामुख अर्यालले प्रधानमन्त्री शाह उपयुक्त समयमा संसद्‌मा उपस्थित हुने जानकारी गराएका थिए । उनले बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री उपयुक्त समयमा आउने कुरा भएको जानकारी गराएका हुन् ।

विपक्षीले सदन अवरोध गरेपछि बिहीबार नै उनले प्रधानमन्त्रीसँग भेट गरेपछि कार्यव्यवस्था परामर्श समिति बैठक राखेका हुन् ।

 

तपाईको प्रतिक्रिया