काठमाडौं, २ जेठ २०८३ । देशका केही स्थानमा यति बेला पानी परिरहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“हाल कोसी, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ,” महाशाखाले भनेको छ ।
पानी पार्ने यो प्रणाली उत्तर–पूर्वतर्फ सरिरहेको छ । आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।






