काठमाडौं, १ जेठ २०८३ । सेयर कारोबार साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा अडिएको छ। यसअघि बुधबार नेप्से परिसूचक १०.०७ अंकले घटेर २७३०.१७ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब २९ करोडको सेयर कारोबार भएको थियो।
नेप्से परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकममा भने बिहीबारको तुलनामा कमी आएको छ। यसदिन ३३८ स्क्रिप्सको ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४८६ रुपैयाँमा कारोबार भयो।
कारोबारमा आएकामध्ये १२७ वटा स्टक्सको मूल्य बढ्दा १२० वटाको घट्यो। २२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। युनियन हाइड्रोपावरको सेयर सर्वाधिक १४.७९ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीले ३० करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। अपी पावरले ११ करोडको सेयर कारोबार गर्दा रिलायन्स स्पिनिङ मिल्स रकरोड र एसवाई प्यानल नेपाल र नेसनल हाइड्रोपवारले ८/८ करोडको कारोबार गरे।
सातवटा समूहको उपसूचक बढ्दा अरु समूहको उपसूचक नकारात्मक देखिए। बैंकिङ,फाइनान्स,होटल एण्ड टुरिजम,हाइड्रोपावर,नन लाइफ इन्स्योरेन्स,अदर्श समूह र ट्रेडिङ समूहको उपसूचक बढ्दा अरु समूहको उपसूचक नकारात्मक देखिएका हुन्।






