Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठमाडौं, २७ वैशाख २०८३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको घुस प्रकरणमा नाम मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडी लगायतमाथि मुद्दा नचल्ने भएको हो । उनीहरूमाथि अनुसन्धान भइरहेको भनी विशेष अदालतमा जानकारी पठाएको अख्तियारले ‘केही पनि प्रमाण नभेटिएको’ भन्दै मुद्दा नचल्ने गरी फाइल बन्द गरेको हो ।

‘तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईमाथि जे जति मुद्दा चल्यो, त्यही नै हो । त्यहाँभन्दा माथि जान खोज्दा कुनै प्रमाण भेटिएन’ अख्तियारका एक अनुसन्धान अधिकृतले भने, ‘मुद्दा नचल्ने निष्कर्ष सहित अनुसन्धान नै टुंगिएको छ ।’

 

तपाईको प्रतिक्रिया