Online Bichar
आइतबार, बैशाख २०, २०८३ | Sunday, May 3, 2026

काठमाडौं, २० वैशाख २०८३ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन एक तोला छापावाल सुन किन्न ग्राहकले दुई लाख ९५ हजार १०० रुपैयाँ खर्च गर्नुपर्नेछ । अघिल्लो दिन छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया