Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

बुटवल, १८ वैशाख २०८३ । रोल्पाको जलजला क्षेत्रमा जीप दुर्घटनामा परी ज्यान गुमाएका सबैजनाको सनाखत भएको छ । दुर्घटनामा विभिन्न स्थानका २० जनाको मृत्यु र एक घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, टाकुराका ३२ वर्षीय गोर्खबहादुर बुढाथोकी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बुढाथोकी, १० वर्षीय दिव्यन बुढाथोकी, २४ वर्षीया सिर्जना बुढाथोकी, १३ वर्षीय सुदीप बुढाथोकी, ४० वर्षीया ओमकुमारी बुढाथोकी, ६० वर्षीया मीना कामी, ६० वर्षीया लक्ष्मी शाह र रुक्मिणा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वकै भूमे गाउँपालिका–५ का टेकप्रसाद बुढाको पनि मृत्यु भएको छ ।

यस्तै, दाङको घोराही उपमहानगरपालिका–१५, रतनपुरका ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, सात वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जिसी, सात वर्षीय संयोग जिसी, उमेर नखुलेका यमबहादुर जिसीको पनि मृत्यु भएको छ ।

दुर्घटनामा परी घोराही–१३ की धनमाया विष्ट ९रुकुम पूर्वको सिस्ने–५ मा बसोबास गर्दै आएकी० र जीपका चालक ४२ वर्षीय बेदु कामीको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिस्ने–५ का ३२ वर्षीय समीर कामी घाइते भएका छन् । उनी जीपको छतबाट हाम फालेर बाँच्न सफल भएका थिए । उपचारपछि उनी घर फर्किएका प्रहरीले जनाएको छ ।

रोल्पाको थबाङ गाउँपालिका–१, सल्यापस्थित कच्ची सडकखण्डमा बिहीबार ९वैशाख १७० तीर्थयात्री सवार जीप दुर्घटना भएको थियो । रुकुमबाट जलजलातर्फ जाँदै गरेको जीप दिउँसो करिब २ः५० बजे कच्ची सडकबाट झन्डै ८०० मिटर तल खसेको थियो । जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न रुकुम पूर्वबाट तीर्थयात्री बोकेर गएको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया