Online Bichar
मंगलबार, बैशाख १५, २०८३ | Tuesday, April 28, 2026

काठमाडौं, १५ वैशाख २०८३ । जल तथा मौसम विज्ञान विभाग ले देशका विभिन्न क्षेत्रमा बुधबार तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार सुदूरपश्चिमदेखि कोसी प्रदेश सम्मका विभिन्न जिल्लामा हावाहुरीको प्रभाव पर्ने सम्भावना रहेको छ। विशेषगरी सुदूरपश्चिमका डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेस प्रदेशका धनुषा र बारा तथा कोसी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ।

विभागले बुधबार साँझ करिब ५:४५ बजेदेखि हावाहुरी सुरु हुने र बिहीबार बिहान करिब ७:४५ बजेसम्म यसको प्रभाव रहने जनाएको छ।

साथै, मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने भएकाले देशका धेरै स्थानमा यसको असर पर्ने सम्भावना रहेको विभागले जनाएको छ।

बिहीबारसम्म देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान समेत गरिएको छ।

तपाईको प्रतिक्रिया