Online Bichar
शनिबार, बैशाख १२, २०८३ | Saturday, April 25, 2026

काठमाडौं, ११ वैशाख २०८३ । सरकारले कर्मचारी ट्रेड युनियनको अधिकार हटाउँदै निजामती सेवा सम्बन्धी नयाँ विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सुझावका लागि सार्वजनिक गरेको मस्यौदामा ट्रेड युनियनसम्बन्धी कुनै व्यवस्था राखिएको छैन।

मस्यौदाअनुसार निजामती कर्मचारीले कुनै पनि संगठित गतिविधि गर्न नपाउने उल्लेख गरिएको छ। यद्यपि, कर्मचारीले आफूलाई मर्का परेको विषयमा लिखित तथा मौखिक रूपमा गुनासो राख्न सक्ने व्यवस्था भने गरिएको छ।

विगतमा कर्मचारी ट्रेड युनियनको भूमिकालाई लिएर विवाद हुँदै आएको थियो। सोही सन्दर्भमा सरकारले नयाँ व्यवस्था प्रस्ताव गरेको बुझिएको छ। सरकारले ल्याएको १४९ दफाको उक्त विधेयक मस्यौदामा निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम गर्ने प्रस्ताव समेत गरिएको छ।

तपाईको प्रतिक्रिया