सिद्धार्थनगर, १० वैशाख२०८३ । रूपन्देहीको तिलोत्तमास्थित एक संस्थागत विद्यालयको बसमा आगलागी भएको छ। शङ्करनगरमा रहेको एपेक्स स्कुलको लु. १ प. ८९७ नम्बरको बस स्कुलकै कम्पाउन्डमा पार्किङ गरेर राखिएको अवस्थामा आगो लागेको हो।
विद्यालयका प्राचार्य दीपक गौतमका अनुसार आगलागीबाट बस पूर्ण रूपमा जलेर नष्ट भएको छ। तर, अन्य कुनै भौतिक क्षति वा मानवीय क्षति भने भएको छैन। आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।गोरखापत्र अनलाइनबाट





