काठमाडौं, ८ वैशाख २०८३ । प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर गृहमन्त्री सुधन गुरुङ को राजीनामा माग गर्दै प्रदर्शन गरेका नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरू सिंहदरबारभित्रै प्रवेश गरेर नाराबाजी गर्दै गृहमन्त्री गुरुङ विवादमा तानिएको भन्दै तत्काल राजीनामा माग गरेका थिए।
सुरक्षा व्यवस्था कडा पारिएको सिंहदरबार क्षेत्रमा प्रवेश गरेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको हो। नेविसंघले गृहमन्त्रीमाथि उठेका विवादबारे छानबिन हुनुपर्ने र नैतिक आधारमा पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएको छ।
प्रहरीले नियन्त्रणमा लिइएका कार्यकर्तामाथि आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।






