नयाँ दिल्ली, ५ वैशाख २०८३ । तमिलनाडुको एक खोलामा मिनिबस खसेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य केही यात्रु घाइते भएका छन्।
अल इन्डिया रेडियोका अनुसार छिमेकी केरलबाट घुम्न आएका यात्रु बोकेको मिनिबस दुर्घटनामा परेको हो। गाडीमा केरलका १६ जना सवार रहेको जनाइएको छ।
दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ।रासस/सिन्ह्वा






