काठ्माडौं, ४ वैशाख २०८३ । सेयर कारोबार साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८.४० विन्दुमा पुगेको छ।
नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने बिहीबारको तुलनामा घटेको छ।बिहीबार ९ अर्बमाथिको कारोबार भएकोमा यसदिन करिब साढे ७ अर्बको कारोबार भयो।
यसदिन ३३५ वटा स्क्रिप्सको १ करोड ८ लाख ६३ हजार ७२८ कित्ता सेयर ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार ९८ रुपैयाँमा खरिदबिक्री भयो।
पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक,होटल फोरेस्ट इन,पाल्पा सिमेन्ट इन्डस्ट्रीज ,शिखर पावर डेभलपमेन्ट र रिड्ज लाइन इनर्जीको सेयर १० प्रतिशतले बढ्यो।
कारोबारमा आएकामध्ये नेसनल हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीले ६६ करोड बढीको सेयर कारोबार गर्यो। सोलु हाइड्रोपावरले ३७ अर्बको कारोबार गर्दा रिडी पावरले ३४ करोड,रिलायन्स स्पिनिङ मिल्सले ३२ करोड र हिमालयन दोलखा हाइड्रोपावरले २५ करोड मूल्य बराबरको सेयर कारोबार गरे। पाँचवटा समूहको उपसूचक बढ्दा ८वटाको घट्यो।






