जकार्ता, ४ वैशाख २०८३ । इन्डोनेसियाको बोर्नियो टापुको घना जंगलमा एउटा निजी हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्य र ६ यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ ।
म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकोप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेटपछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ ।
विमानमा एक मलेसियाली नागरिकसमेत सवार रहेको नागरिक उड्डयन महानिर्देशक लुकमान एफ। लाइसाले विज्ञप्तिमार्फत जनाएका छन् । सूचनाको आधारमा संयुक्त खोजी र उद्धार टोलीले विमान दुर्घटनास्थल पत्ता लगाएको उल्लेख गर्दै हेलिकोप्टरमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । शवहरू प्रान्तीय राजधानी पोन्टियानाकमा लगिएको मेडले बताएका छन् ।
यस अघि जनवरीमा मत्स्यपालन मन्त्रालयले भाडामा लिएको टर्बोप्रप हेलिकोप्टर सुलावेसी टापुको पाहाडमा दुर्घटना हुँदा विमानमा सवार सबै १० जनाको मृत्यु भएको थियो ।
गत वर्षको सेप्टेम्बरमा, दक्षिण कालिमान्टन प्रान्तमा ६ यात्रु र दुई चालक दलका सदस्य बोकेको हेलिकोप्टर दुर्घटना हुँदा सबैजनाको मृत्यु भएको थियो । यसअघि इलागाको दुर्गम पपुवा जिल्लामा अर्को हेलिकोप्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो । रासस/एएपपी






