Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौं, १६ चैत २०८२ । सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा अडिएको छ।

यसदिन ३४१ वटा स्क्रिप्सको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँमा खरिदबिक्री भए। उच्च अंकले घटेको बजारमा ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिज लाइज इनर्जी, होटल फोरेस्ट, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र सप्तकोसी विकास बैंकको सेयर १० प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा रिडी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीले ६८ करोड मूल्य बराबरको सेयर कारोबार गर्‍यो।

कारोबारमा आएकामध्ये २६ वटा स्टक्सको मूल्य बढ्दा २३७ वटाको घट्यो। ५ स्टकको मूल्य भने स्थिर रह्यो। आज पनि १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्।

 

तपाईको प्रतिक्रिया